Section 16A
कम्प्यूटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा ग्राह्य हुने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अन्यथा प्रमाणित भएमा बाहेककर प्रयोजनको निमित्त विभाग वा अन्तर्गतका कार्यालयमा रहेका कम्प्यूटरबाट प्रशोधित करदाता सम्बन्धी अभिलेख प्रमाणको रुपमा ग्राह्य हुनेछ ।

(२) विभागले सूचना प्रकाशन गरी विद्युतीय माध्यमबाट बीजक जारी गर्ने लेखा राख्ने कर विवरण पेश गर्ने तथा भुक्तानी गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।